नेपाली सेनाका उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृतबिहीबार, मंसिर ७, २०८०

१३ सय वर्ष पुरानो गङ्गाजमुना जात्रा, यस्तो छ किम्वदन्ती बिहीबार, मंसिर ७, २०८० धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीय रूपले परिचित स्थल हो । यस झरनामा वर्षौँदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् । धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन...

प्रधानमन्त्री फुरुङ्ङ जनता झसङ्ङ ! बिहीबार, मंसिर ७, २०८० राणा प्रधानमन्त्री चन्द्र शमशेरसँग खरिद गरेको यो भवन पञ्चायतकालमा आगलागीमा परेपछि विरूप जस्तै भएको थियो । त्यसबेला सिँगारपटार गरेपछि २०७२ को भूकम्पसम्मका प्रधानमन्त्रीहरू यहीँ बसेर काम गर्थे । जहाँनियाँ शासनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मका शासन पद्धतिको साक्षी बनेको सिंहदरबारले अरु के के को साक्षी बन्दै जानुपर्ने हो त्यो भविष्यकै गर्भमा छ...

भूकम्पपछि त्रिपालमुनि बस्दै आएकी महिलाको मृत्यु, चिसोले जाजरकोटमा मृत्यु हुनेको संख्या १३ पुग्यो बुधबार, मंसिर ६, २०८० वडाध्यक्ष बद्री पन्तका अनुसार मुटु तथा बाथरोगपीडित २८ वर्षीय धनकुमारी खत्रीको बुधबार बिहान मृत्यु भएको हो । धनकुमारी बारेकोट गाउँपालिका-८ लैखम नजिकै अँधेरीखोलामा माइतीघरमा श्रीमान् विष्णु खत्रीसँगै कुखुरापालन व्यवसाय गर्दै आएकी थिइन् ।खत्री दम्पती घर भत्किएपछि कात्तिक २५ गते नै पिपलचौर आएका थिए ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघ कार्यकर्ताले गरेको आक्रमण सम्बन्धी मुद्दा अन्तिम बहसमा बुधबार, मंसिर ६, २०८० न्यायाधीश विनोद खतिवडाको इजलासमा बुधबारदेखि सुरु भएको अन्तिम बहस बिहीबार पनि निरन्तर हुने जिल्ला अदालतले जनाएको छ । आज बहस नसकिएपछि इजलासले यो मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो । हेर्दाहेर्दैमा राख्नु भनेको यही इजलासले अर्को दिन पनि सुनुवाइ गर्नु हो ।

भोलिको प्रदर्शन : ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि निगरानी बुधबार, मंसिर ६, २०८० बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ । त्यस्तै, नेकपा एमाले निकट युवा संघले तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय स्रोतले जनाएको...

इजरायल–हमास सहमति, २४ घण्टाभित्र युद्धविराम घोषणा हुने बुधबार, मंसिर ६, २०८० कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा इजरायल र हमास केही समय 'मानवीयताका आधारमा युद्धविराम' गर्न सहमत भएका छन् । सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने र कम्तीमा ४ दिनका लागि युद्ध रोक्ने छ । कतारको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामको समय २४...

फलाक नाकाबाट ३३ किलो सुन तस्करी, क्रिप्टोमार्फत दुई अर्ब ९१ करोड भुक्तानी बुधबार, मंसिर ६, २०८० दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय दोलखा...

भोलिको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंका धर्मशाला र पार्टी प्यालेस सुरक्षा निगरानीमा बुधबार, मंसिर ६, २०८० प्रसाईं समूहलाई विभिन्न धार्मिक संस्थाहरू र राजसंस्था पुनर्बहालीको माग गरिरहेको समूहले समर्थन गरेको सूचना पाएसँगै धार्मिक दंगा र हिंसा नभड्कियोस् भनेर सार्वजनिक पाटी पौवा, धर्मशाला, पार्टी प्यालेस जस्ता स्थानलाई प्रहरीले उच्च निगरानीमा राखेको सम्बद्ध सूत्रले बताएको छ।

बीबीसीको प्रभावशाली ‘सय महिला-२०२३’ को सूचीमा नेपालकी रुक्साना कपाली मंगलबार, मंसिर ५, २०८० बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छन् । सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्साना पनि परेकी हुन् ।

सर्वोच्चको फैसला लत्याउँदै काठमाडौं प्रशासनले तोक्यो निषेधित क्षेत्र मंगलबार, मंसिर ५, २०८० २०७९ साल फागुन १५ गतेको सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले 'स्थान तोकेर आन्दोलन र प्रदर्शन गर/नगर' भन्नु संविधानमै उल्लेख गरिएको मौलिक हक विपरीतको कार्य भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको तत्कालीन आदेशलाई बदर गरिदिएको थियो ।

सरकारले भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि ५० हजार दिने निर्णय गर्यो तर पीडितले पाएनन् मंगलबार, मंसिर ५, २०८० उक्त रकम पालिकाको खातामा जम्मा हुनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा खाता नम्बर पठाएर निकासा लिन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान दिन कार्यविधि तयार गरेर स्वीकृत गरेर तत्काल यही महिनाभित्र काम पूरा गर्ने लक्ष्य सरकारको छ ।

तिहार र छठपर्वमा बिकेन सयपत्री, खेतमै कुहिन लाग्यो २५ क्विन्टल फूल मंगलबार, मंसिर ५, २०८० तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था छ । बिर्तामोड नगरपालिका-९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए । गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेती विस्तार गर्दा लगानी नै बर्बाद भएको...