ललिता निवास प्रकरण : बुधबार पनि सुनुवाइ हुने मंगलबार, साउन २, २०८०

प्रधानमन्त्रीले भोलि बूढीगण्डकी आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने मंगलबार, साउन २, २०८० बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका छन् । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय भोलि उद्घाटन गर्ने तयारी गरिएको बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए । त्यसका लागि आवश्यक तयारी पूरा भएको उनको...

नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ को व्यग्रता मंगलबार, साउन २, २०८० काठमाडौं उपत्यका प्रवेश विन्दु मानिने नागढुंगा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायु प्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुने विश्वास लिइएको छ । सुरुङमार्गको मुख्य टनेल निर्माण हुन अब पाँच सय २५ मिटर बाँकी छ भने आपतकालीन अवस्थामा उद्धारका लागि निर्माण गरिएको...

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा मंगलबार, साउन २, २०८० भोजपुरका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरू यहीँ नै उद्यममा जुटेका हुन् । विदेशबाट फर्केर टेम्केमैयुङका प्रेम बस्नेतले व्यावसायिकरूपमा बाख्रापालनसँगै विभिन्न उद्यम गर्दै आएका छन् । व्यावसायिक भएर काम गर्दा आनन्द हुने उनी बताउँछन् ...
कल्भर्ट भत्किँदा आवागमन ठप्प मंगलबार, साउन २, २०८०

सेनाले किन दियो विद्यार्थीलाई एनसीसी तालिम ? सोमबार, साउन १, २०८० नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा सोमबारदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ ।

हवाई भाडा बढ्ने सोमबार, साउन १, २०८० नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

गत आर्थिक वर्षमा करिब ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ७१ प्रतिशत सोमबार, साउन १, २०८० गत आवका लागि सरकारले कूल १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा उक्त विनियोजित बजेटमध्ये ७९ दशमलव ६९ प्रतिशत अर्थात् १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ सोमबार, साउन १, २०८० प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई सय ७६ हेक्टरमा रोपाइँ भएको हो । असार १ सम्ममा तीन प्रतिशत, असार १५ भित्रमा १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा असार अन्तिमसम्ममा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो ।

वीरगन्ज भन्सारको कारोबारमा कमी शनिबार, असार ९, २०८० नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व दिने वीरगन्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो ।

नागढुङ्गा सुरुङमार्ग : दसैँसम्म मुख्य टनेल जोडिसक्ने तयारी शुक्रबार, जेठ १२, २०८० सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ । आउँदो दसैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ । आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

दाङमा जीपको ठक्करबाट शिक्षिकाको मृत्यु बिहीबार, जेठ ११, २०८० दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ ।

बुद्ध एअरको जहाजमा मुसा देखिएपछि... शनिबार, जेठ ६, २०८० जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको बुद्ध एअरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ ।