संसद्को गतिरोध
राष्ट्रपतिलाई भेटेपछि ओलीले भने— सत्तापक्षको जबर्जस्तीले संसद् अवरुद्ध छ, उसले नै खुलाउनुपर्छ

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबर्जस्ती संसद् अवरुद्ध पारेर राखेको बताएका छन् ।
उनले सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने बताए । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलपछि अध्यक्ष ओलीले भने, ‘संसद्को गतिरोध अन्त्य गराउने विषयमा छलफल भयो । उहाँले संसद् खोल्दा राम्रै हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भनेँ । संसद् अवरोध गर्नुहुँदैन्, सत्तापक्षले जबरजस्ती संसद् अवरोध गरिरहेको छ, यो अवरोध सत्तापक्षले नै खुलाउनुपर्छ ।’
संसद्को गतिरोध खुलाउने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले छलफलका लागि बोलाएपछि ओली शीतल निवास पुगेका थिए । राष्ट्रपति पौडेल र ओलीबीच करिब एक घन्टा छलफल भएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० १६:५९













