![कालीमाटी फलफूल तथा तरकारी बजारद्वारा मूल्य सार्वजनिक [सूची]](https://mail.newsgriha.com/uploads/posts/tarakari nepal1678638552.jpg)
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका मूल्य सार्वजनिक गरेको छ । जसअनुसार बजारमा शुक्रबार नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको छ ।
लोकल सानो गोलभेँडा ७५ रुपैयाँ प्रतिकेजी रहेको छ । रातो आलुको मूल्य ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६० रुपैयाँ रहेको छ । शुक्रबार स्थानीय काउली प्रतिकेजी १०० रुपैयाँ पुगेको छ । कन्य च्याउको मूल्य प्रतिकेजी १८० रुपैयाँ रहेको छ ।
डल्ले च्याउको मूल्य ३५० रुपैयाँमा बिक्री भएको छ । गाँजरको मूल्य प्रतिकेजी २० रुपैयाँले बढेर आएको छ । गाँजर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ । घिउ सिमी लोकल ११०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ ।
तितो करेला ६०, लौका ७०, परवल ७०, घिरौला ५०, फर्सी पाकेको ५०, काँक्रो लोकल ६०, भिण्डि ८०, स्कुस ७०, प्याज हरियो १३०, रायो साग ११०, कुरीलो ५५० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भइरहेको छ ।
केरा दर्जनको १३० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै कायम छ । कागती १५०, अनार प्रतिकेजी २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै, तरबुजा हरियो ७०, मौसम १२०, कालो अंगुर ४०० र नासपाती लोकल ७० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।













