News Griha :: न्यूजगृह
मकर जितुमाया सुरी हाइड्रोको आईपीओ बिक्री खुला

काठमाडौं— मकर जितुमाया सुरी हाइड्रोपावरले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गरेको छ ।

यसमध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात् ८० हजार कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता शेयर छुट्याइएको छ भने बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा चैत्र २२ गतेसम्म आवेदन दिनुपर्ने हुन्छ । कम्पनीका अनुसार उक्त अवधिसम्म सबै शेयर बिक्री नभए २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सीआस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर मार्फत् शेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आईपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०९:३९
Weather Update