News Griha :: न्यूजगृह
महिला विश्वकप : उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्दै

काठमाडौं— अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकप फुटबलको उपाधिका लागि आइतबार स्पेन र इंग्ल्यान्ड भिड्दै  छन् ।

यी दुवै देश पहिलोपटक फाइनलमा पुगेका हुन् । फाइनल खेल सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

सेमिफाइनलमा स्पेनले स्विडेनलाई र इंग्ल्यान्डले आयोजक अस्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।

आयोजक अस्ट्रेलियालाई पराजित गर्दै स्विडेनले तेस्रो स्थान हासिल गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०६:५४
Weather Update