News Griha :: न्यूजगृह
सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौं— प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरू बैठक बोलाएका छन् ।

बिहान ११ बजे सिंहदरबारस्थित सभामुख कार्यकक्षमा घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादीलगायतका दलहरू तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतकहरूलाई बोलाइएको छ ।

प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । तर, एमालेले सुन तस्करीको छानविन गर्न उच्चस्तरी छानविन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १०:५९
Weather Update