News Griha :: न्यूजगृह
कार्टुनका नाममा प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएको भन्दै पूर्वमन्त्रीको आपत्ति 

काठमाडौं— नेकपा एमालेका सांसद विमला राई पौडेलले प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएको भन्दै आपत्ति जनाएकी छन् । 

मङ्गलबारको राष्ट्रिय सभा बैठकमा उनले सञ्चारमाध्यमले कार्टुन बनाएर पूर्व प्रधानमन्त्रीमाथि भद्दा मजाक गरेको भन्दै स्वतन्त्रताका नाममा अराजकता मच्चिएको बताइन् । 

‘यसमा अहिलेका प्रधानमन्त्री र पूर्व दुईजना पूर्व प्रधानमन्त्रीहरुलाई महिलाको भेषमा देखाएर उनीहरूको पेटलाई प्रधानमन्त्रीहरू जन्माउँने पाठेघरको रुपमा प्रस्तुत गरिएको छ । जुन प्रक्रियाबाट उहाँ संसारमा हुनुहुन्छ त्यसलाई नै प्रयोग गरेर राजनीतिक व्यङ्ग्य गर्नु घृणाको विषय हो यसमा हाम्रो सञ्चारमन्त्रीको ध्यानाकर्षण गराउँन चाहन्छु,’ पौडेलले भनिन् ‘अहिले हेर्दा बजारमा कामना भन्ने चलचित्र तथा कला सम्बन्धी मासिक पत्रिका आएको छ यसले गाईजात्राको उपयोग महिलाको प्रजनन क्षमतामा प्रहार गर्ने अवसरको रुपमा लिएको छ ।’ 

उनले प्रधानमन्त्री भइसकेका व्यक्तिमाथि गरिएको मजाकलाई सामान्य रुपमा लिन नहुने भन्दै सञ्चारमन्त्रीको ध्यानाकर्षण गराइन् ।

‘यसमा अहिलेका प्रधानमन्त्री र पूर्व दुईजना प्रधानमन्त्रीहरूलाई महिलाको भेषमा देखाएर उनीहरूको पेटलाई प्रधानमन्त्रीहरू जन्माउँने पाठेघरको रुपमा प्रस्तुत गरिएको छ,’ पौडेलले भनिन् ‘जुन प्रक्रियाबाट उहाँ संसारमा हुनुहुन्छ त्यसलाई नै प्रयोग गरेर राजनीतिक व्यङ्ग्य गर्नु घृणाको विषय हो यसमा हाम्रो सञ्चारमन्त्रीको ध्यानाकर्षण गराउँन चाहन्छु । छापिएको पत्रिका हटाउने,कपी पनि मेटाउने र उक्त प्रकाशकलाई कारबाहीको माग गर्न चाहन्छु । ’ 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  २१:१६
Weather Update