News Griha :: न्यूजगृह
कांग्रेस नेता प्रदीप पौडेललाई प्रधानमन्त्री दाहालको नियतमाथि शंका
फाइल तस्बिर

चितवन— नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नियतमाथि शंका गरेका छन् ।

कांग्रेस रत्ननगर सम्मेलनको मंगलबार उद्घाटन गर्दै पौडेलले भ्रष्टाचारका फाइल खोल्ने र यसमा मुछिएका सबैमाथि अनुसन्धान गर्नुपर्ने भए पनि प्रधानमन्त्री दाहालले आफ्ना मानिस परेपछि ती फाइल अघि नबढाएको देखिएको बताए ।

उनले भने,‘प्रधानमन्त्रीज्यू, तपाईंको नियत ठिक देखिएन । तपाईंले जतिसुकै चर्का कुरा गरे पनि आफ्ना मानिस परेपछि भ्रष्टाचारका फाइल खोल्ने तपाईंको यात्रा अडिएको देखियो ।’

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  २१:१७
Weather Update