News Griha :: न्यूजगृह
भारतसँग पराजित भएपछि के भन्छन् कप्तान रोहित ?

काठमाडौं— एसिया कपमा भारतसँग १० विकेटले पराजित भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले मध्यक्रमको ब्याटिङ राम्रो हुन नसकेको प्रतिक्रिया दिएका छन् ।

कप्तान पौडेलले भारतसँगको खेलमा मध्यक्रम राम्रो भएको भए नेपाली टोली २६० देखि २७० रनको योगफलसम्म पुग्न सक्ने बताए ।

उनी भन्छन्, ‘ओपनरले राम्रो गरे । मध्यम क्रममा हामीले अझ राम्रो गर्न सक्थ्यौँ । २६०–२७० रनसम्म पुग्न सक्थ्यौँ ।’ 

उनीहरूप्रति गौरवान्वित रहेको बताउँदै रोहितले भारतसँग खेलको अवस्थामा बलरलाई बलिङ गर्न निकै कठिन भए पनि राम्रो बलिङ गरेको बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०६:३५
Weather Update