News Griha :: न्यूजगृह
विदेशमा रहेका नेपाली लक्षित सिटी होटलको आईपीओ बिक्री खुला

काठमाडौं— सिटी होटलले मंगलबारबाट आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालीका लागि उक्त आईपीओ निष्काशन गरेको हो ।

होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गर्ने जनाएको छ । सिटी होटलले आफ्नो जारी पूँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख  रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

जसअनुसार प्रतिशेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता शेयर निष्कासन गर्न लागेको हो । सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात १ लाख ६७ हजार ४ सय शेयर निष्कासन गर्न लागेको छ ।

यसैगरी कम्पनीले कर्मचारीका लागि जारी पूँजीको ४ प्रतिशत अर्थात ६६ हजार ९६० कित्ता शेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा वैशाख ५ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० देखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आईपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आईपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १०:१९
Weather Update