News Griha :: न्यूजगृह
प्रतितोलामा १ हजार रुपैयाँ बढ्यो सुन

काठमाडौं— मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइएको छ । सोमबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । 

यसअघि ५ चैतमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य मंगलबार प्रतितोला १० रुपैयाँ बढेर १४ सय रुपैयाँ पुगेको छ । चाँदी भने यसअघि गत १९ माघमा प्रतितोला १४५० रुपैयाँसम्म पुगेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ११:२१
Weather Update