News Griha :: न्यूजगृह
अध्यागमनका तत्कालीन महानिर्देशक अधिकारीसँग सीआईबीले लियो बयान

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको तस्करीको ६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ ।

सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । भदौ ७ मा विभागबाट गृह मन्त्रालयमा तानिएका अधिकारीलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

बयान दिन अधिकारी महाराजगञ्जस्थित सीआईबी कार्यालय गएका थिए । सीआईबीले सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दीपेशसँग पनि सोमबार बयान लिएको थियो ।

त्यस्तै, सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल हिरासतमा छन् ।

 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ११:२३
Weather Update