News Griha :: न्यूजगृह
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने श्याम सापकोटा को हुन्? 
कांग्रेस सहमहामन्त्री महेन्द्र यादव ट्रमा सेन्टरमा ।

काठमाडौं— पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि खुकुरी प्रहार भयो

उनको टाउकोमा चोट लागेको छ । यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका- ७ टुप्चे घर भई काठमाडौं बालाजुको पैँयुटार बस्ने  ४७ वर्षीय श्याम सापकोटा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुङ्गेलका अनुसार सापकोटा आफूलाई अभियन्ता भन्ने गर्छन् ।

shyambabu sapkota1693993494.jpeg
नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबाबु सापकोटा

प्रत्यक्षदर्शीका अनुसार ‘एमसीसीको मतियार’ भन्दै सापकोटाले यादवमाथि खुकुरी हानेका थिए । खुकुरी प्रहार गर्नुअघि रिपोटर्स क्लबमा यादवकै भाषण सुन्दै थिए । रिपोटर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले चालेको कदमको धारणा राखेका थिए । 

Shyam-Sapkota1693994174.jpeg

कार्यक्रममा महेन्द्र यादवको भाषण सुन्दै गरेका श्यामबाबु सापकोटा (भादगाउँले टोपीमा) ।

कांग्रेस नेता यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १५:१९
Weather Update