घटाइयो हवाई भाडा [सूचीसहित]
![घटाइयो हवाई भाडा [सूचीसहित]](https://mail.newsgriha.com/uploads/posts/buddha-sir1679111454.jpg)
काठमाडौं— हवाई इन्धनको मूल्य घटेसँगै भाडा पनि घटाइएको छ । साविकको १ सय ७० रुपैयाँ प्रतिलिटर मूल्यमा १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायुसेवाको हवाई भाडाअर्न्तगत (फ्युल सरचार्ज) ५.९ प्रतिशले घटाइएको हो ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं–धनगढी सेक्टरको हवाई भाडामा ४ सय ४० रुपैयाँ (फ्युल सरचार्ज) घटेको जानकारी दिए । सबैभन्दा कम काठमाडौं सिमरा रुटमा ९० रुपैयाँ घटेको उनको भनाइ छ ।
नयाँ अनुमोदन भएको फ्युल सरचार्जबारे प्राधिकरणले मंगलबार नेपाल वायुसेवा निगम, बुद्ध एअर, श्री एअर, यति, समिट एअर, तारा एअर, सीता एअर र सौर्य एअरलाई कार्यान्वयनका लागि पठाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १९:१७













