
काठमाडौं— पोल्ट्री व्यावसायीले कुखुराको मासुको मूल्य घटाएपछि किसान मर्कामा परेका छन् । मंगलबारदेखि लागु हुने गरी जिउँदो बोइलर कुखुराको कोल्डस्टोर मूल्य प्रतिकिलो १० रुपैयाँले घटाइएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ । यसरी मूल्य घटाउँदा आफूहरूलाई नसोधिएको कुखुरा किसानको गुनासो छ ।
कुखुराको मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घटेको छ। ४०० रुपैयाँ केजी रहेको तयारी मासुको मूल्य ३९० रुपैयाँ पुगेको संघका अध्यक्ष जंगबहादुर बेल्बासेले बताए ।
पोल्ट्री व्यावसायीले किसानबाट प्रतिकेजी २८० रुपैयाँमा खरिद गरी ३९० मा बिक्री गरेका छन् । नेपाल कुखुरा किसान संघका अध्यक्ष झनक पौडेलले पोल्ट्री व्यावसायीले घटाएको मूल्य आफूहरूलाई स्वीकार नहुने बताएका छन् ।
पोल्ट्री व्यावसायीले आफूहरूसँग २००–२५० रुपैयाँ प्रतिकिलाे खरिद गरेर लैजाने र त्यसलाई तयारी गरेर ४०० देखि ४५० रुपैयाँ प्रतिकिलाेमा बिक्री वितरण गर्ने गरेको अध्यक्ष पौडेलकाे भनाइ ।













