रेकर्ड ब्रेक
सुनको भाउले फेरि बनायो नयाँ रेकर्डः तोलाको १ लाख ११ हजार रुपैयाँ

काठमाडौं— सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । यसअघि ५ चैतको आफ्नै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो ।
५ चैतमा छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो । मंगलबारको मूल्यमा बुधबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । यस्तै आज तेजाबी सुनको मूल्यसमेत तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य भने स्थिर छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ ११:४६













