News Griha :: न्यूजगृह
नागढुङ्गा सुरुङको काम रोकियो

काठमाडौं— नागढुङ्गा सुरुङको काम रोकिएको छ।  सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिँदा  काम रोकिएको हो ।  

पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकोमा अहिले रोकिएको आयोजना प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए ।आयोजनाले निर्माण कम्पनीलाई उपकरणका पार्ट फेर्न भनेको छ ।

उनले भने, 'आयोजना र कम्पनीका बीचमा कुराकानी भइरहेको छ ।' निर्माण कम्पनीसँग अहिले जनशक्ति र उपकरण दुवै पर्याप्त भएको आयोजनाले जनाएको छ । कम्पनीले तीव्र गतिमा काम गरिरहँदा यो समस्याका कारण ‘ब्रेक डाउन’ भएको प्रमुख श्रेष्ठले बताए । 

 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १४:०५
Weather Update