News Griha :: न्यूजगृह
फ्रेन्च लिगमा निससँग पीएसजी पराजित

काठमाडौं—  फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) निससँग पराजित भएको छ ।

गएराति पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको खेलमा पीएसजीलाई निसले ३–२ गोलले पराजित गरेको हो ।

निसका लागि तेरेम मोफीले दुई तथा गेतान लाबोर्डले एक गोल गरे । पीएसजीका एम्बाप्पेले दुई गोल गरे ।

निसले पाँच खेलबाट दुईमा जित, दुईमा बराबरी र एकमा हारसहित ९ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पीएसजी ८ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १०:२१
Weather Update