एमसीसीमार्फत थप अनुदान दिन अमेरिका इच्छुक

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले मन्त्रालयमा भेट गरेका छन् ।
अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा दुई पक्षबीच छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।
मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएड)मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १८:२०













