‘रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार ल्याउँदैन’

काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन् ।
उनले बुधबार काठमाडौंमा आफ्नो समूहको औपचारिक घोषणा गर्दै वाचापत्र सार्वजनिक गरे । स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै औद्योगिक विकासको लागि पहल गर्ने उनको भनाइ छ ।
अर्थतन्त्रमा चुनौतीको कारण तरलताको समस्या रहेको बताउँदै उनले रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार नल्याउने बताए । उनले तत्काल ब्याज घटाउने विषयमा र तरलताको समस्या समाधानका आवश्यक पहल गर्न प्रतिवद्धता जनाए ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १८:४९













