News Griha :: न्यूजगृह
कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी छ : कृषिमन्त्री भुसाल

भक्तपुर— कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुासालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । बिहीबारबाट सुरु भएको भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका हुन् ।

उनले अर्थतन्त्र सबल बनाउन र जीवनलाई स्वस्थ राख्न मौलिक उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भक्तपुर जिल्ला कृषि उत्पादन गर्ने जिल्लामा प्रमुख रहेको भन्दै उनले मेला महोत्सवमा पनि कृषिजन्य मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।

‘हामीले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी छ । अर्थतन्त्र सबल बनाउन र हाम्रो जीवनलाई स्वस्थ बनाउन पनि हाम्रा आफ्नै खेतबारीमा उत्पादन हुने मौलिक उत्पादनमा जोड दिनुपर्छ । कृषि सामग्री किन नराख्ने यस्ता महोत्सवमा । भक्तपुरले यस्ता महोत्सवमा आफ्ना मौलिक कृषि उत्पानलाई प्रस्तुत गर्नुपर्छ,’ मन्त्री भुसालले भने ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १९:५४
Weather Update