News Griha :: न्यूजगृह
सन्दीपले लिए भारतको तेस्रो विकेट 

काठमाडौं— चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको तेस्रो विकेट लिएको छ । नेपालले तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भएका हुन् ।

उनको विकेट नेपाली बलर सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले उनलाई पाँच रनको व्यक्तिगत स्कोरमा आफ्नो बलिङमा आफैले क्याच गरे । भारतले तेस्रो विकेट गुमाउँदा १२.५ ओभरमा एक सय १९ रन बनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०८:००
Weather Update