छरिएका रकम पुँजीको रूपमा जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका सानासाना रकमहरू पुँजीको रूपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले घरघरमा छरिएका सानासाना रकमहरू पुँजीको रूपमा जम्मा गर्नसके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने बताए ।
विदेशमा कमाएर पठाएको रकम र नेपालमा नै कमाएको रकम खर्च गर्नुभन्दा बढी पुँजीको रूपमा सञ्चय गर्नसके राज्यकोषको वृद्धि हुने उनको भनाइ छ । उनले छरिएर रहेको रकमलाई पुँजीको रूपमा जम्मा गर्दा लगानीमा उपयोग हुनसक्ने र लगानीको निम्ति पैसाको अभाव नहुने स्थिति बन्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ १३:४०













