News Griha :: न्यूजगृह
धर्मगुरु श्रीनिवासविरुद्ध धनुषा प्रशासनमा मुद्दा दर्ता

जनकपुरधाम— धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा  मंगलबार पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा उनीविरुद्ध बुधबार मुद्दा दर्ता भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता तथा डीएसपी रञ्जन अवालेका अनुसार हिंसात्मक अभिव्यक्ति दिएको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइएको हो ।

जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:०८
Weather Update