
काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले यस्तो अझै पनि विज्ञापन व्यवसायीहरूको दायरा भन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरूको दायरामा ल्याउन आवश्यक रहेको बताएका हुन् ।
‘विज्ञापन व्यवसायलाई व्यवस्थित गर्न सरकारले राष्ट्रिय नीति ल्याउँदैछ । विज्ञापन क्षेत्रको दायरा बढाउँदै जानुहोला,’ उनले भने, ‘सरकारको राष्ट्रिय नीतिले पनि विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउने विषय समेट्नेछ ।’
सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने उनको भनाइ छ । मन्त्री रिजालले विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायरा भन्दा बाहिर हरेको भन्दै दायरामा ल्याउन पहल गर्न आग्रह गरे ।
उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेपनि विज्ञापन आउन नसकेको बताए । ‘नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरू बेच्ने गरेका छन् तर, विज्ञापन दिने सम्भव हुन सकेको छैन,’ उनले भने, ‘त्यसलाई पनि कानूनी दायरामा ल्याउन आवश्यक छ ।
मन्त्री रिजालले विज्ञापन व्यवसायीहरूलाई परेको समस्या समाधानको लागि सहयोग गर्न सरकार तयार रहेको बताए ।













