सडक सुरक्षा सबैको दायित्व : उपमेयर डंगाेल

काठमाडौं— काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० समापन कार्यक्रममा उनले दुर्घटना कतिबेला कहाँ हुन्छ भन्ने थाहा नहुने भएकाले त्यसको लागि आफैं सचेत हुनुपर्ने बताइन् ।
उनले भनिन् ,‘हामी प्रहरीलाई दोष लगाइरहेका हुन्छौं । सडक सुरक्षा सबैको दायित्वको विषय हो । हतार गर्दा गन्तव्यमा पुग्न सकिँदैन । ’
उनले महानगरले यातायातलाई विशेष प्राथमिकतामा राखेर काम गरेको पनि बताइन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० १०:१९