अनलाइन रजिस्ट्रेसन खुलाइँदै
इजरायलबाट नेपाल फर्किन चाहनेलाई सरकारले ल्याउने

काठमाडौं— सरकारले प्यालेस्टाइनको हमास समूहको आक्रमणपछि इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको उद्धार गर्ने भएको छ ।
त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनका लागि छिट्टै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गर्न लागिएको इजरालयमा रहेको नेपाली दूतावासले जनाएको छ ।
शनिबार हमासले गरेको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० ०६:१५