News Griha :: न्यूजगृह
भन्सार छलीको तीन लाख बराबरको सामान बरामद

काठमाडौं— भन्सार छली गरी ल्याइएको तीन लाख रुपैयाँ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

धनुषा जिल्लाअन्तर्गत बोडर हुँदै भारतबाट नेपालतर्फको भन्सार छली गरी ल्याएको विभिन्न किसिमका खेलौना, किराना सामान, लेडिज चप्पल र ओसारपसारमा संलग्न मोटरसाइकल ३ वटा गरी ३ लाख ४४ हजार १ सय ७९ रुपैयाँ बराबरको सामान बरामद गरको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी ईनर्वा र प्रहरी चौकी माचि धनुषाबाट खटिएको टोलीले आइतबार गस्ती गर्दै जाने क्रममा सामानहरू बरामद गरेका हुन् ।

मोटरसाइकल र सामान भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०९:४७
Weather Update