News Griha :: न्यूजगृह
मनसुनी वायुको आंशिक प्रभाव बाँकी, यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं— पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा मंगलबार पनि देशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ ।

कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आज राति आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

कोशी प्रदेशका थोरै स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०६:३२
Weather Update