News Griha :: न्यूजगृह
१२४ दिनपछि पूर्णरुपमा बाहिरियो मनसुन

काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको मनसुन १२४ दिन रहेर सरदर मितिभन्दा १३ दिनपछि पूर्णरुपमा बाहिरिएको छ ।

मंगलबार प्राधिकरणले काठमाडौंमा आयोजित मनसुन प्रभाव विपद् विशेष अन्तरक्रिया कार्यक्रममार्फत मिति २०८० जेठ ३१ गते नेपालमा आगमन भएको यस वर्षको मनसुन १२४ दिन रहेर २०८० असोज २८ गते सरदर मितिभन्दा १३ दिनपछि पूर्णरुपमा बाहिरिएको जानकारी दिएको हो ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा समन्वयात्मक र एकीकृत क्रियाकलाप तय गरी मनसुन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८० जेठ २८ गते बसेको कार्यकारी समितिले स्वीकृत गरेलगत्तै कार्यान्वयनमा गएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १६:२५
Weather Update