News Griha :: न्यूजगृह
मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं— काभ्रेको पनौतीमा यात्रु वाहक गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको  । ७ जना घाइते छन् ।

मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका घर भएकी २० वर्षीया रमिला बुढाथोकी रहेको काभ्रे प्रहरीले जानकारी दिएको छ । दुर्घदुर्घटनापश्चात उपचारका लागि अस्पताल पुर्‍याइएकामा बिहान साढे ७ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । 

बिहान ६ः४५ बजे बागमती प्रदेशको ०३–००१ ज ०२९८ नम्बरको विद्युतीय गाडीले काठमाडौंबाट इलाम जाँदै गरेको ६४ प १७७२ नम्बरको मोटरसाइकललाई पनौतीमा ठक्कर दिएको थियो। रामेछाप जाँदै गरेको उक्त गाडी सडकको नालीमा खस्न पुगेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०९:४२
Weather Update