News Griha :: न्यूजगृह
पाल्पा जीप दुर्घटना : मृतक सबैको सनाखत [अपडेट]

पाल्पा— पाल्पाको पर्यटकीयस्थल रानीमहलबाट सदरमुकाम तानसेनतर्फ आउँदै गरेको जीप तानसेन नगरपालिका १३, बैकुन्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जीप चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा तीन महिला, दुई बालबालिका र एक पुरुष रहेको प्रहरीले जनाएको छ । जीप दुर्घटनामा नवलपरासी पूर्व देवचुली नगरपालिका १६ रजहरका ६० वर्षीया पार्वती लोहनी, सोही स्थानकै ६५ वर्षीय कृष्णबहादुर लोहनी, ११ वर्षीय सविस लोहनी, साढे दुई वर्षकी ईसव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङ बेंसीसहर २ भकुण्डेकी ५५ वर्षीया चुना धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक देवचुली नगरपालिका १६ रजहरका ३६ वर्षीय इश्वर लोहनीको तानसेनस्थित युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइते चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । वाग्मती प्रदेश ०१-०२६ च ७२०९ नम्बरको जीप पर्यटकीयस्थल रानीमहल घुम्न आएकाहरुलाई लिएर तानसेनतर्फ फर्कँदै थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  २१:१०
Weather Update