दुर्गा मूर्ति विसर्जनमा गएका दुईको डुबेर मृत्यु, एक बेपत्ता

रूपन्देही— दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए।
सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताए । बेपत्ता सन्त कुमारको खोजी भइरहेको उनले बताए ।
रूपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८० १८:५७