
काठमाडौं— अफगानिस्तानले विश्वकप क्रिकेट-२०२३ मा सोमबार श्रीलंकालाई सात विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावना कायम राखेको छ । यो जितपछि अफगानिस्तानको ६ खेलबाट ६ अङ्क नै भएको छ ।
श्रीलंका भने चार अंकमै सीमित रह्यो । यो नतिजापछि अफगानिस्तान अंकतालिकाको पाँचौं स्थानमा पनि उक्लियो ।
जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५.२ ओभरमा सात विकेट गुमाएर २ सय ४२ रन बनायो ।
त्यसमा कप्तान हसमतुल्लाह शाहिदीले ५८ र अजमतुल्लाह ओमरजाईले ७३ रन बनाए । दुवै ब्याटर नटआउट रहे र उनीहरूले १ सय ११ रनको साझेदारी गरे । यस्तै रहमत शाहले पनि ६२ रन बनाए ।

त्यसअगाडि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । एक समय दुई विकेट गुमाएर १ सय ३४ रनको स्थितिमा रहेको श्रीलंकाले त्यसपछि लगातार विकेट गुमाएको थियो । ओपनर पथुम निसान्काले सार्वधिक ४६ रन बनाए ।
अफगान बलर फाजिलहक फारुकिले ३४ रनमा चार विकेट लिए ।













