News Griha :: न्यूजगृह
डकवर्थ लेविस नियममा पाकिस्तान विजयी, सेमिफाइनल सम्भावना कायमै

काठमाडौं— विश्वकप क्रिकेट-२०२३ को वर्षाले प्रभावित खेलमा पाकिस्तानले डकवर्थ लेविस नियमअनुसार न्युजिल्याण्डलाई २१ रनले पराजित गरेको छ । जितले पाकिस्तानको सेमिफाइनल सम्भावना अझै कायम रह्यो ।

जितका लागि ४ सय २ रनको विशाल लक्ष्य पछ्याइरहेको पाकिस्तान खेल रोकिँदा एक विकेट गुमाएर २५.३ ओभरमा दुई सय रनको स्थितिमा थियो । त्यस स्थितिमा पाकिस्तानका लागि १ सय ८० रनको लक्ष्य तय भएको थियो ।

पाकिस्तानका लागि फखर जमन ८१ बलमा १ सय २६ रन बनाएर नटआउट रहे । यस्तै कप्तान बाबर आजमले ६६ रन बनाए । त्यस अगाडि रचिन रवीन्द्रको १ सय ८ र कप्तान केन विलियम्सको ९५ रनको मद्दतले न्युजिल्याण्डले ६ विकेटमा ४ सय १ रन बनाएको थियो । 

यो नतिजापछि दुवै टिम समान ८ अङ्कमा रहे । न्युजिल्यान्ड अझै चौथोमा छ भने पाकिस्तान पाँचौं स्थानमा उक्लेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०५:३०
Weather Update