नेपाललाई तेस्रो झट्का, भुर्तेल र जोरा आउट

काठमाडौं— आईसीसी टी–२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबीचको फाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
सन्दीप जोरा १० रन बनाएर जिसान मसुदको बलमा आउट भए । त्यस्तै, ३१ रन बनाएर ओपनर कुशल भुर्तेल पनि आउट भए । यसअघि आसिफ शेख ६ रन बनाएर बिलाल खानको बलमा क्याचआउट भएका थिए ।
किर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा दुई टोलीबीच यो दोस्रो खेल हो । यसअघि समूह चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ११:४२













