News Griha :: न्यूजगृह
गुल्शन झाले बनाए अर्धशतक

काठमाडौं— आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको ओमानबिरुद्धको फाइनलमा नेपालका गुल्शन झाले अर्धशतक प्रहार गरेका छन् ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा झाले २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५४ रन बनाएर बिलाल खानको बलमा आउट भए ।

झाले कप्तान रोहितकुमार पौडेलसँग  ७८ रनको साझेदारी गरे । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:३१
Weather Update