News Griha :: न्यूजगृह
श्रीलङ्काको क्रिकेट बोर्ड निलम्बित

काठमाडौं— एक दिवसीय विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै श्रीलङ्का सरकारले क्रिकेट बोर्ड निलम्बन गरेको छ ।

श्रीलङ्काका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका छन् । गत जुनमा नेतृत्वमा आएका सिल्भाको कार्यकाल सन् २०२५ सम्म थियो । 

अन्तरिम कमिटीका प्रमुख रणतुंगा सन् १९९६ मा श्रीलङ्कालाई विश्वकप क्रिकेट उपाधि जिताउने कप्तान हुन् । उनी अहिले राजनीतिमा पनि संलग्न छन् ।

रणतुंगा नेतृत्वको अन्तरिम कमिटीमा सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीश एसआई इमाम, रोहिणी मरसिंघे, उच्च अदालतका अवकाश प्राप्त न्यायाधीश इरंगानी परेरा, उपाली धर्मदाशा अटर्नी एन ल रकिता राजपक्षे र हिशम जमालदीन छन् । 

गत बिहीबार भएको विश्वकपको खेलमा श्रीलंका भारतसित ५५ रनमा अलआउट हुँदै ३०२ रनले पराजित भएको थियो ।

जारी विश्वकपमा ७ खेलमा २ खेल मात्र जितेको श्रीलंका पुछारबाट सातौँ स्थानमा छ । अब उसले इङ्ग्ल्याण्ड र भारतसँग खेल्न बाँकी छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १४:१४
Weather Update