News Griha :: न्यूजगृह
आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैनः मन्त्री रिजाल

काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा उनले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरूको रहेको बताएका हुन् । उनले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्नुपर्नेमा जोड दिए ।

मन्त्री रिजालले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरू बनाएर अघि बढ्न सरकार तयार रहेको बताए  । ‘यो मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन । यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरूको हो । तपाईँहरूकोभूमिका महत्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाई हामी सबै मिलेर गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि हामीले नीति, नियम के आवश्यकता छ, तपाईँहरूलाई कसरी काम गर्न सहज हुनेछ, त्यसमा हामी कुनै कसुर बाँकी राख्दैनौँ । यो व्यापार घाटालाई कसरी कम गर्न सकिन्छ ? कानून लगायतका कुरामा सहयोग गर्नका लागि हामी तयार छौँ । यो मुलुकलाई समृद्धितिर लैजान महत्वपूर्ण भूमिकातपाईँहरूको छ ।’ 

मन्त्री रिजालले व्यवसायीहरूले व्यापार घाटालाई कसरी कम गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको उनको बताए ।  

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ११:५५
Weather Update