नाबालिकालाई जबर्जस्ती करणी गर्ने ४० वर्षीय पुरुष पक्राउ

बर्दिया— नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले ४० वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार बेलुकी गेरुवा गाउँपालिका ६ का प्रकाश खवासलाई पक्राउ गरेको हो । गत कात्तिक २८ गते प्रकाशले नाबालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले प्रकाशमाथि जबर्जस्ती करणीको मुद्दामा अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० १८:४१