News Griha :: न्यूजगृह
घट्यो डिजेल, पेट्रोलको मूल्य

काठमाडौं— डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो । 

निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटाएको हो । निगमले एलपी ग्यासको मूल्य भने घटाएको छैन । एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ नै कायम रहेको छ ।

अब काठमाडौं, पोखरा र दिपायल डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १ सय ७० रुपैयाँ पर्ने छ । त्यस्तै, विराटनगर, जनकपुर, नेपालगञ्ज, धनगढी र वीरगन्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १ सय ६७ रुपैयाँ ५० पैसा मूल्य पर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १०:०२
Weather Update