कति पुग्यो डलर र यूरोको सटही मूल्य ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा पुगेको छ ।
यस्तै यूरो एकको खरिद दर १४२ रुपैयाँ ७८ पैसा र बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७६ पैसा र बिक्री दर १६३ रुपैयाँ ५० पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ ०६:३१













