News Griha :: न्यूजगृह
बाबुराम भन्छन्— अर्थतन्त्र सुधारका लागि दीर्घकालीन योजना आवश्यक छ  

काठमाडौं— पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले अर्थतन्त्रमा देखिएको समस्यालाई सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् ।

मुलुकको वर्तमान अर्थतन्त्र परम्परावाद र आधुनिकतावाद बीचको संक्रमणबाट गुज्रिएको उनले टिप्पणी गरे ।

कपिलवस्तुको चन्द्रौटामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुसँग भेट गर्दै अध्यक्ष डा.भट्टराईले पछिल्लो समय कृषितन्त्र भत्किँदै आयातमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको बताए ।

केही समयअघि उद्योगमा समस्या आएको र अहिले कृषिमा समस्या सिर्जना भएकाले यसलाई सुधार्न सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने डा.भट्टराईकाे सुझाव छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०६:३८
Weather Update