तातोपानी नाका एक साता बन्द हुने

काठमाडौं— पूर्ण सञ्चालनको तयारीका लागि तातोपानी नाका एक साता बन्द हुने भएको छ ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण खुलाउने तयारीका लागि २८ चैत्रदेखि २ वैशाखसम्म बन्द हुने भएको हो ।
‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ,’ नेपालस्थित चिनियाँ दूतावासले भनेको छ,‘त्यसैकाे तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ ।’
यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह २८ चैत्रदेखि २ वैशाखसम्म अस्थायी रूपमा बन्द रहने दूतावासले जनाएको हो ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ ०६:४४













