नयाँ वर्षमा वीरगन्ज नाका २४ सै घण्टा खुला रहेन

पर्सा— वीरगन्ज–रक्सौलको मुख्य नाका तीन दिनका लागि २४ सै घण्टा खुला हुने भएको छ ।
नयाँ वर्षको अवसरमा वीरगन्ज महानगरपालिकाले पहिलोपटक सञ्चालन गर्न लागेको ‘रात्रि बजार’ का सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनसम्म २४ सै घण्टा खुल्ला गर्न लागिएको हो ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षमा अवसरमा आयोजना गर्न लागेको रात्रीकालिन बजारका लागि वीरगन्ज नाका २४ सै घण्टा खुला रहने छ ।
सिंहले रात्रि बजार खुला राख्न नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरे अनुसार सो निर्णय भएको बताए ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ ०७:४४













