News Griha :: न्यूजगृह
यू–१९ एसिया कप क्रिकेट : पहिलो खेलमा पाकिस्तानसँग हार्‍यो नेपाल 

काठमाडौं— संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ ।

शुक्रबारको खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग सात विकेटले पराजित भयो । 

यूएईको दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एकसय ५२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको हो ।   

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १७:३४
Weather Update