News Griha :: न्यूजगृह
ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

काठमाडौं— ठगी आरोपमा वडा सदस्यसहित चार जनालाई कास्की प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-६ का वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, लेकसाइड बैदामका ४१ वर्षीय विकास पहारी, बैदाम कै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल छन् ।

फोटोग्राफी व्यवसाय दर्ता गरिदिने भनी १३ हजार ५०० रुपैयाँ लिएको तर दर्ता नगरिदिएको भन्दै १५ जना व्यक्तिहरूले उनीहरूविरुद्ध उजुरी दिएका थिए ।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०७:३०
Weather Update