परस्त्रीसँग होटलमा भेटिए एमालेबाट निर्वाचित वडाध्यक्ष
काठमाडौं— सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम परस्त्रीसँग रंगेहात पक्राउ परेका छन् ।
प्रहरीका अनुसार धरान-१२ चतरालाइनस्थित शुभकामना होटलको कोठाभित्र उनीहरू अर्धनग्न अवस्थामा थिए । वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएपछि श्रीमान् प्रहरी लिएर होटल पुगेका थिए ।
पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमानले उजुरी दिने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । रामधुनी नगरपालिकाका उपमेयर तारा थापाले गौतम पक्राउ परेकोबारे जानकारी आएको बताइन् ।
गौतम नेकपा एमालेबाट दोस्रो कार्यकाल लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १३:३१