News Griha :: न्यूजगृह
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं— नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार सुन तोलाको ५०० रुपैयाँले बढेको छ । सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबार चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदी तोलाको १४ सय ३० मा खरिदबिक्री भएको थियो 
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ११:३२
Weather Update